बिर्तामोडमा पहिलो पटक गजल सम्बन्धी बिशेष कार्यक्रम हुने

Admin · माघ १७, २०८० ९:१४ AM
Cover Image for News

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक गजल सम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । 
नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजनामा र अन्तराष्ट्रिय गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्स समेतको सहकार्यमा साँगीतिक गजल मुशायरा हुने भएको हो । 
यही माघ २७ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांकेटको हलमा हुन लागेको गजल मुशायरामा राष्ट्यिस्तरका १७ जना गजल वाचकहरुको बिशेष प्रस्तुति रहने जनाइएको छ । 
सोही दिन गजल लेखन सम्बन्धी प्रशिक्षणमूलक कार्यशालाको समेत आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सका सह संयोजक केशब मैनालीले बताए । उनका अनुसार सो प्रशिक्षणका लागि अन्तराष्ट्यि गजल मंचका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गर्ने छन् । 
नेपाल गजल प्रतिष्ठानले यस अघि पनि यस प्रकारको कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुने छ । यसअघि काठमाडौंमा एउटा सांगीतिक, अरु तीनबटा तहत र तरुन्नम गजल मुशायरा राष्ट्रिय नाचघरमा आयोजना गरिएको र उपत्यका बाहिर यो पहिलोपटक गर्न लागिएको हो । 
यो कार्यक्रमका लागि बिर्तामोड पुस्तकालय र साहित्य पत्रकार मंचको सहयोग रहने आयोजकले जनाएको छ । 

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।