योगी विकाशानन्दद्धारा पथिक उपन्यास विमोचन

Admin · वैशाख १५, २०८१ ८:५९ AM
Cover Image for News

लेखक रिवाज रोक्काद्धारा लिखित उपन्यास पथिकको एक कार्यक्रमका बिच विमोचन गरिएको छ । 
विश्व परिवार विकाशानन्द फाउण्डेशनको आयोजनामा काठमाडौंमा भएको सो पुस्तकको विमोचन प्रशिद्ध योग गुरु डा. विकाशानन्दद्धारा गरिएको थियो । 
काठमाडौंमा विमोचन गरिएको पुस्तकको लाइफ रिसर्च एण्ड पब्लिकेशनद्धारा प्रकाशन गरिएको हो । लेखक रोक्काद्धारा लिखित यो उपन्यास पहिलो कृति हो । 
लाइफ रिसर्च पब्लिकेशनका तर्फबाट प्रकाशक रेनुका खरेलको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा उपन्यासको बारेमा साहित्यपोष्ट साहित्यिक अनलाइनका प्रधान सम्पादक लेखक अश्विनी कोइरालाले चर्चा गर्नुभएको थियो । 
योगी डा. विकाशानन्दको प्रमुख आतिथ्यतामा र गुरुआमा कमलेश्वरीको बिशेष आतित्यतामा भएको पुस्तक विमोचन कार्यक्रममा लेखक रिवाज रोक्काले समेत पुस्तकको बिषयवस्तु र त्यसको परिवेशबारे धारणा राख्नुभएको थियो । 
आयोजक संस्थाका तर्फबाट केबी पौडेलद्धारा र्सचालन गरिएको कार्यक्रममा विकाशानन्दले दार्शनिक प्रवचन समेत दिनुभएको थियो । सामाजिक बिषयवस्तु समेटिएको यो उपन्यासले मानवीय  जीवनका व्यवहारिक ज्ञानका बारेमा मिहिनरुपमा प्रस्तुत गरिएको छ । 
पथिक अर्थात् एउटा पथ हो, यसरी एकप्रकारको बाटोमा यात्रा गरिरहेको व्यक्तिको वरिपरि यो उपन्यास घुमेको छ । उसलाई अरु नै केही कुराको नशा छ । त्यही नशाका कारण, ऊ प्रशिद्ध बन्छ । सफल बन्छ । पढाइबाहेक अरु कुरा पनि छन् जीवनमा । अरु व्यवहारिक ज्ञानबाट पनि सिक्न सकिन्छ भन्ने बिषयलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यस तर्कलाई उपन्यासको नायकको माध्यमबाट मनमोहक शैलीमा पेश गरिएको छ । 
लाइफ रिसर्च एण्ड पब्लिकेशनको प्रकाशनमा बजारमा आएको पथिक उपन्यास सो प्रकाशनको पाँर्चौ कृति हो । यसको मुल्य ७५५ स्पैया छ । 
 

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।