विराटनगरका अग्रज साहित्यकार सुवेदीको निधन

Admin · चैत १४, २०८० १०:५७ AM
Cover Image for News

१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ ।

क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो ।

सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।

सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् ।

विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए ।

सुवेदीको पार्थिव शरीरलाई आज  विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।