गजलमा नारी सष्टा कार्यक्रम बिर्तामोडमा सम्पन्न

Admin · वैशाख ९, २०८१ १०:०५ AM
Cover Image for News

बैशाख ८, बिर्तामोड । झापाली साहित्य समाजको आयोजनामा गजलमा नारी सष्टा कार्यक्रम सम्पन्न  भएको छ  । 

झापाको बिर्तामोड स्थित साहित्य चौतारीको सभा हलमा सम्पन्न कार्यक्रमा झापा सहित मोरङबाट आएका नारी स्रष्टाहरुको सहभागिता रहेको थियो । 

गजल लेखनमा महिला सहभागीताको पहुँचका लागी फरक अभ्यास स्वरुप कार्यक्रमको आयोजना गरिएको संस्थाकी उपाध्यक्ष संगिता कोइरालाले जानकारी दिनुभयो ।

संस्थाकी उपाध्यक्ष कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ जना झापाली सष्टाहरुले २४ वटा विभिन्न रसका गजलहरु प्रस्तुत गरीएको थियो ।

कार्यक्रममा सुनिता तामाङ, प्रीति बस्नेत, लिला अनमोेलको गजलले कार्यक्रमको माहोल नै गजलमय बनाइदिएको थियो ।

प्रमुख अतिथी प्राज्ञ सभा सदस्य एवं गजलकार सुनिता वाङदेल चेलीको प्रमुख आतिथ्यता रहको कार्यक्रममा कवि डिबि थापा, साहित्यकार तिर्थ सिग्देल, गजलकार शिशिर भट्टराई, कवि बन्दना श्रेष्ठ, गजलकार दिपा दाहाल, टीका भट्टराई, गजलकार प्रीति बस्नेत, कवीयात्री दिपा दाहाल, गजलकार प्रकाश संग्रौला, लगायको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी मुनाराज शेर्माले लेखनले समाज रुपान्तरणमा अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँले साहित्यमा नयाँ पुस्ता निर्माण गर्न नसकिएको बर्तमान परिपेक्षमा साहित्य संस्कृती जोगाउन बौद्विकतामा बिकास ल्याउनु पर्ने बताउनुभयो । 

गजलकार केशव आचार्यको जन्म दिन पारी कार्यक्रमको आयोजना गर्न पाँउदा संस्थाको उदेश्य सार्थक भएको उपाध्यक्ष कोइरालाले बताउनु भयो ।

कवि  जिना अधिकारीले सञ्चालन गरेको कार्यक्रको मुख्य प्रायोजन होटल हिकोला हेरिटेज र साहित्य चौतारी रहेको थियो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।