काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक

Admin · वैशाख १५, २०८१ ९:०२ AM
Cover Image for News

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ ।

मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिनु भएको छ ।

संग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कविता संग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ । बालेनको कविता संग्रह 'अश्र' बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

कविता संग्रह अश्रमा लेखिएको छ-

‘तिम्रो माया मधेशको गर्मी

पसिना-पसिना हुन्छु म

तिम्रो अँगालो हिमालको धर्ती

असिना-असिना हुन्छु म’

उसो त बालेनको र्‍याप गायक, संगीतकार तथा लेखकसमेत परिचय छ । संग्रहमा राजनीतिका शीर्ष पात्रलाई व्यंग्य गर्दै कवितामा लेखिएको छ-

'मलाई नेता मन पर्दैन 

तिमीलाई नि त मन पर्दैन

मलाई एउटा मन पर्दैन 

तिमीलाई यी त मन पर्दैन 

तिमीलाई केपी ओली मन पर्छ 

मलाई बोली मन पर्दैन 

तिमीलाई शेरबहादुर मन पर्छ

मलाई टोली मन पर्दैन

तिमीलाई प्रचण्ड मन पर्छ

मलाई गोली मन पर्दैन

शान्तिको दशैं मन पर्छ

रगतको होली मन पर्दैन

मलाई देश मन पर्छ

तिमीलाई के मन पर्दै छ ?'

स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेनले अश्रको पछिल्लो कलेवरमा लेख्नु भएको छ- 

‘एक अक्षरबाट शब्द

अनि मन्त्र भएँ म

तिमिले मायाले बाँध्यौ

अनि स्वतन्त्र भएँ म’

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।