शृंगारिक गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

Admin · वैशाख ४, २०८१ १०:५५ PM
Cover Image for News

शृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ ।

निमोनिया र जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

कास्कीको रूपा गाउँपालिका घर भएका ७० वर्षीय पंगेनी सोमबार अस्पताल भर्ना भएसँगै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारका लागि आर्थिक जटिलता भएको र त्यसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन सुरु भए पनि उनी संसार छाडी बिदा भएका छन् ।

उनकाे बुधबार दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

प्रकटको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ...’ भन्ने गीत निकै चर्चित छ । १५ सय बढी गीत रचना गरेका उनका ६० हाराहारीमा गीतहरू रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह प्रकाशन भएका छन् ।

साहित्य साधनामा ३० को दशकदेखि क्रियाशील प्रकट ०३९ सालमा भएको नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेता घोषित भएका थिए । आफ्नाे जन्मगाउँ रूपामा फार्म र कटेज सञ्चालनको तयारीमा जुटिरहेका प्रकट नफर्कने गरी बिदा भएका छन् ।

ट्यागहरू:
सहित्य गजल Badri pangeni
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।