‘झापा विद्रोह’को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचन

Admin · माघ १२, २०८० ६:२१ PM
Cover Image for News

तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ ।उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गर्नुभयो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ ।

विसं. २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए ।
कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै आन्दोलनमा लाग्दाका अनुभव र कथा–व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरु तयार रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र कांग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै झापा विद्रोह एक महत्वपूर्ण चरण भएकाले बताउनुभयो । उहाँले पुस्तकका माध्यमबाट उक्त विद्रोहलाई हालसम्मका बुझाइलाई थप परिस्कृत बनाउन सहयोग मिल्ने जनाउनुभयो ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।