कबि नवराज पराजुलीको शब्द तथा स्वरमा रहेको ‘चक्का ’ नामक म्युजिक भिडियो सार्वजनिक

Admin · पौष २४, २०८० ८:५६ AM
Cover Image for News

नवराज पराजुलीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘चक्का ’ आइतबार म्युजिक भिडियो नवराज पराजुलीको  युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

चक्का हुँ म, मोटरसाइकलको, अगाडिको चक्का

चक्का तिमी, मोटरसाइकलको, पछाडिको चक्का

मेरो पछि लागेर , मलाई डोर्‍याउने तिमी हौ

म पुग्छु पहिले तर, पुर्याउने तिमी हौ......

युवा कवि तथा गायक नवराज पराजुलीले यस गित दर्शकका लागि ल्याएका छन् । गीतमा कुमार भुसालको  संगीत, स्वार\  संगीत निर्माण रिदम कडेल , बासुरीमा किरण बराल ,  एरेन्ज, मिक्स र मास्टरिङ किशोर थापाले  गरेका छन् । BRIMTA education and recruitment service द्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन नवराज पराजुलीले  गरेका हुन् । गितको भिडियोमा भावना उप्रेती र नवराज पराजुली आफैले अभिनय गरेका छन ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।