आज्ञा

विशाल केसी "सैनिक कवि" · मंसिर २८, २०८० २:११ PM
Cover Image for News

धेरै दिन भयो कविता न लेखेको
आज्ञा भए एउटा कविता लेख्न मन छ
तिमी भएर पनि न भए जस्तो लाग्न थालेको छ
त्यही भएर तिमी छौँ म भित्र जिउँदो अझै
त्यो अनुभूति लाई समेटेर लेख्न मन छ

धेरै धेरै बाध्यता छ हाम्रो मिलनमा यस कालान्तरमा 
सहर रहरको टक्कर सधैं अड्केर बसेको छ
हाम्रो मायाको प्राचीन सभ्यताको पात्रो भित्र
आज ति जम्मै अफ्ट्यारो लाई किन्चित समय बिर्सिएर
सम्झना स्वरूप शब्दको लहर प्रेम लेख्न मन लागेको छ
कि मलाई तिम्रो लागि एउटा कविता फेरि लेख्न आज्ञा छ ?

हिजोआज तिमीलाई निद्रामा छटपटाइरहेको देख्छु म
संकेतले मलाई तान्दै छ इसारा तिम्रो व्यथाको दिँदै छ
त्यही भएर शब्दरुपी ब्रह्मास्त्र ले मायाको कवच लेख्न मन छ
कि मलाई एउटा कविता लेख्न मन छ

तिमी देखि हजार किलोमिटर टाढा भए पनि
युद्ध भुमिकाको चौतारी बाट मिस यू लेख्न मन लागेको छ
कि आज्ञा भए आज मलाई ! 
एउटा कविता फेरि सनातन लेख्न मन लागेको छ

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू