अनेसास जापानले आफ्नो ६९ औँ नियमित साहित्य शृङ्खला हुने

Admin · चैत ७, २०८० ९:११ PM
Cover Image for News

अनेसास जापानले आफ्नो ६९ औँ नियमित साहित्य शृङ्खला साकुराको फेदमुनि आयोजना गरी मनाउने तयारी गरेको छ। कार्यक्रम सम्पन्न गर्नका लागि संस्थाका सचिव मनोज मौसम केसीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। विभिन्न रचानात्मक साहित्यिक कार्यक्रमहरू गरिरहने अनेसास जापानले यसपटक मध्य टोकियोमा अवस्थित उएनो पार्कमा पुगेर साकुराको बोटलाई नै प्रमुख अतिथि मानेर कार्यक्रम गर्ने निर्णय गरेको छ। ‘यतिबेला जापान साकुरामय बनिरहेको छ। र ठिक यति नै बेला नेपाली पहाडहरू पनि लालिगुराँसले ढाकिएका छन्। हामीले लालिगुराँसलाई सम्झदै साकुरालाई रचना सुनाउनेछौँ’ अध्यक्ष अरुण पौडेलले भने।कार्यक्रममा रचना वाचन र श्रवणका लागि जापानमा रहनुहुने सम्पूर्ण साहित्यप्रेमीहरूमा निमन्त्रणा सहित अनुरोध गरिएको संस्थाका महासचिव अनिल कुमार निर्दोषले जनाए। कार्यक्रम यही मार्च ३१ तारिख आइतवार दिउँसो १ बजेबाट हुने जनाइएको छ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।