अनुभव

कर्ण गुरुङ · मंसिर २८, २०८० २:१२ PM
Cover Image for News

अब जीवन के हो? नसोध 
मरेर फेरी बौरी उठेको छु 
स्वर्ग र नर्कको लोभ नदेखाउ 
त्यो के रहेछ राम्ररी बुझेको छु 


सत्य के हो ? मलाई नसोध 
बाचिनजेल गर्ने कुरो, बुझेकोछु 
यदी संसारमा आफै नरहे पछि 
जात र धर्मको अन्त देखेको छु 


लोभ र घमण्डको पहाड कत्रो ? 
मरेकै दिन दवाहा हुन्छ। बुझेको छु 
मेरो र तेरो किन भन्दैछौ ? साथीहरु  
मरे पछि न मेरो न तेरो , भोगेको छु 


मरेर के लान सकिन्छ? पुण्य? 
बाचे धेरै दिन सकिन्छ जानेकोछु  
बरु सोध आखिर के बाच्छ अन्तत ? 
कृतिमान कायम गरे युगौ बाच्नेछु 
जीवनको मूल मन्त्र के हो ? खोजे  
माया, दया, र खुसी पत्तो लगाएको छु 


पैसा र बैसा के हो ? मलाई सोध 
दुवै गुमाएर अनुभव गरेको छु 
पिडा के हो ? आफैलाई सोध 
मैले त् आफै भोगेर आएको छु 


चिन्ता, डर र तनावको कुरा नसोध 
मैले त् भोगेर पनि बिर्सी दिएको छु 
नकारात्मक कुरा गर्दै नगर म संग  
घृणा र लडाई चपाएर थुकेको छु 


जीवन काल सफल पार्न के गर्ने? 
मैले त् पल पल उत्सव बनाएको छु  
जीवन र मृत्युको अनुभूति गरेको छु 
जीवन के हो? अत्तालिएर नसोध 
मरेर फेरी बौरी उठेको छु 
बाचिन्जेल असल कर्म गर्नेछु 
मरे पछि पन्च तत्वमा मिल्ने छु 
जसले जे भने पनि सत्य एउटै हो 
माटो, पानी, हावा इत्यादिमा मिल्नेछु 
सारा मानव रुपी कर्महरु नस्ट हुनेछ 
अरु जस्तै म पनि इतिहास हुनेछु  
समयको एउटा चक्रमा उभेको म 
जन्म र मरणको प्रक्रियामा चलेको छु 
सक्छौ भने मित्रताको सागो  बनाउ 
म पनि अरु जस्तै खोला तर्न खोज्दैछु 
आखिर के छ र मरी लानु साथीहरु 
जीवन लिलामा म पनि नाच्न खोज्दैछु 

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू