भजन शिरोमणी भक्तराज आचार्यको हेरिस्वर्गमा शोक सभा

Admin · फागुन २२, २०८० ११:२५ AM
Cover Image for News

पातलो अन्तरे

त्रीवेणी साहित्य मन्चको आयोजनामा मिती ४ मार्च २०२४ सोमबार को दिन एक विशेष शोक सभा आयोजना भएको थियो। उक्त कार्यक्रममा समाजमा विशिष्ट विद्वान वर्ग साथै साहित्यिक र सांगीतिक कलाकर्मीहरूको पनि उपस्थिति थियो। कार्यक्रममा कलाकारहरूले भक्तराज आचार्यका भजन तथा गीत गराएर भक्तराज आचार्यलाई नै समर्पित गरेका थिए। त्यस कार्यक्रममा केहि श्रष्टाहरूद्वारा रचना वाचन पनि भएको थियो। समाजका विशिष्ट व्यक्तिहरूले भक्तराज आचार्यको अपूरणीय क्षति प्रति दुख ब्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो। सोहि कार्यक्रममा उत्घाटनमा श्रष्टा गन्डकी पुत्रले भक्तराज आचार्यको जिवनी प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नविन भट्टराईले गर्नुभएको थियो। कार्यक्रमको सभापति भने त्रीवेणी साहित्य मन्चका अध्यक्ष केशव बैरागी हुनुहुन्थ्यो।वहाँको निधनले नेपाली भाषा, कला र संगीत क्षेत्रलाई ठूलो क्षति पुगेको छ। हामी सबैको तर्फबाट आदरणीय सुर सम्राट भक्तराज आचार्यलाई हार्दिक श्रद्धांजलि र परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ। 


टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।