हामी शरणार्थी होइन

Admin · मंसिर २८, २०८० २:०५ PM
Cover Image for News

मेरो प्रिय साहित्यकार
तिमी किन घरीघरी आफ्नो भुगोल लाइ नाघेर
मेरो सिमाना भित्रका 
सुकुम्बासी कथाकारको कथा निफन्न आउँछौ ?
तिमीलाई लाग्दो होला
तिमी तिम्रो मुलुकका असल नागरिक 
अनि हामी यस मुलुकका शरणार्थी ?

तर मेरो प्रिय साहित्यकार
हामीपनि यस मुलुकका असल नागरिक नै हुम 
फर्क केवल दृष्टिकोण मा अड्केको थियो
किनभने तिमीले लगाएको चस्माले
हामीलाई सधैंभरि शरणार्थी नै देख्छौं 
त्यही भएर तिमी तिम्रो कथा भित्र वेदनाको जुलुम देखाउँछौ 
अनि तिम्रो पुस्तक !
चर्चाको शिखरमा कबड्डी कबड्डी खेल्दै गरेको हुन्छ

हो यो सत्य कबड्डी कबड्डी त हामी पनि खेल्दै छौं 
तर हामी शरणार्थी को कलंक मेटाउन खेल्दै छौं 
अनि तिमी आफ्नो सफलताको लागि खेल्दै छौंं 
किनभने तिम्रो मुलुकमा अझै यति सामर्थ्य छैन
कि उसले विश्वका अरु शरनार्थी हरुलाई हाम्रो भनेर
आफ्नो अंगालो भित्र बाँध्न सक्छ जसरी
इजरायलले बाँधेको छन् यहुदी हरुको लागि 

तिमी लाई जे लेख्न मन छ त्यही लेख प्रतिबन्ध छैन
तर सुकुम्बासीको पिडा उकाएर
त्यसमा शरणार्थी लेबल न लगाइदिनु किनभने ना हामी सुकुम्बासीको हुम न शरणार्थी
अब तिम्रो कथाले हामी लाई जे बुझाए पनि 
हामी यो देशको खाँटी राष्ट्रवादी नागरिक हुम 
मेरो प्रिय साहित्यकार

त्यही भएर अब तिमी आफ्नो भुगोल लाइ नाघेर
मेरो सिमाना भित्र शरणार्थी कथा लेख्न न आइदेउ 
लेख्न रहर नै छ भने हाम्रो राष्ट्रवादी लाई लेख 
अनि हाम्रो पुर्खाले बगाएको रगत नियात्रा लेख
तर शरणार्थी न लेखिदिनु 
किनभने तिमीले निफन्न नसकेको सम्झनाहरु ले
आजभोलि हामी लाइ पिरोल्न थालेको छ
अब राखिदेउ तिम्रो कलमलाई अनि सुकाइदेउ त्यो मसी लाई पनि 
किनभने हामी शरणार्थी होइन हाम्रो मुलुकको
हामी परिवार हुम हाम्रो मुलुकको

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू