लोहितकिनारका गोठ र गोठालाहरू"

Admin · पौष १६, २०८० ८:२९ PM
Cover Image for News

लोहितकिनारमा गोठालाहरूले भीम छपडीमा गोठको संसारी पूजा गर्दैछन्।अन्तरे,रुद्र,घिसिङ कान्छो,थारु जेठा,खत्री कान्छा,पौडेल बा,कोइराला काँइला,थपलिया भिनी,गोदार जेठा,उजुरे बा,सानो भाई लगायत सबै गोठाला र महाजनहरू रुखको फेदमा भेला भएका छन्।उता खत्री कान्छाले प्रेममा असफल भएपछि प्रेमिकाले पठाएको सबै चिठीहरु ब्रह्मपुत्रमा अब प्रेम गर्दिनँ भनेर आज  विसर्जन गर्यो।यता उलाउ सकिएपछि बालुवामा तेलको ड्रम र राइफल गोठालाले भेटेको हल्ला चलेको छ।गोठमा डाका गरेर नौकामा भाग्दै गरेको डाकालाई फौजीले गोली हानेर नौका प्वाल परेपछि हाहाकार चलेको छ।काली दिदीको चौबन्दी चोलीको तुना बहादुर जेठाले डाले घाँस काट्न जाँदा बाँधी दिएको देख्ने साक्षात निरोला जेठा।त्यसैले सभा बसेको छ गोठमा।
सन् १९७९ को बाढीमा अन्तरे र अन्तरेसँग नौकामा रहेका सबै साथीहरु डुबेर मरे भनेर विद्यालयमा शोकसभा गर्ने तैयारी चल्दै  छ।
१७ वटा श्रृङ्खला- कथाको भूमिका बरिष्ठ साहित्यकार श्रीमान मोहन सुवेदीज्यूले लेख्नु भएको छ।बरिष्ठ साहित्यकार गुरुवर रुद्र बारालज्यूले झर्को नमानी गोठाले  कथालाई लयमा श्रृंगार पारेर गोठवाट गुवाहाटी सम्म पुर्याए दिनु भएको छ।गुरुआमा ड. सृजना शर्माको अन्तिम परखले  पुस्तक उज्यालो हुन गएको छ। प्राध्यापक गुरुवर श्रीमान खगेन शर्माज्यूले
"अन्तरेको पुस्तक लोहित किनारका गोठ र गोठालाहरू"हामी लोकार्पण गर्छौ"भनेर आग्रह गरेर गोठनै रमाइलो बनाई दिनु भएको छ।सबै गोठालाहरू रमाएका छन्।
पद्मश्री लीलबहादुर गुरु साथै अन्य देश विदेशका काव्यकार हरूको उपस्थितिमा लोकार्पण हुने "लोहित किनारका गोठ र गोठालाहरू"ले गोठको जीवन्त कथा बोकेर सबैलाई सुनाउने जमर्को गरेको छ।आनन्द लिनुहोस्।सल्ला सुझाव दिनुहोस।
पुस्तक लोकार्पण पछि चाँडै उपलब्ध हुन जाँदै छ।
जयतु भाषा जननी

टिप्पणीहरू
User
मधुसूदन अधिकारी
३ महिना अगाडि

अति सुन्दर लाग्यो अलिकति पढ्न पाएर। 4/5जना साथी हरुले फोन मार्फत अन्तरे ले प्रकाशित गरेको पुस्तक भेट्नु भयो भनेर आजै सोधेका थिए । बधाई छ हजुरलाई

सम्बन्धित पोस्टहरू