‘म’ को हुँ?

Admin · मंसिर २८, २०८० २:१५ PM

‘म’ को हुँ? 

म न शरीर हुँ 
न त शरीरको अंग 
म न इन्द्रिय हुँ 
न त इन्द्रियको कर्म 
म न मन हुँ 
न त मनको विकार 
म न बुद्धि हुँ
न त बुद्धिको गुण 
पंचतत्व:पृथ्वी,जल,अग्नि,वायु,
आकाशद्वारा निर्मित-न शरीर हुँ, न भावार्थ हुँ 

अनन्त ब्रम्हाण्डको दिव्य चेतनाको साक्षी हुँ 
दिव्य चेतनाको साक्षी हुँ 
म शरीर हुँइनं, केवल साक्षी हुँ 
म मन हुँइनं, केवल साक्षी हुँ 
म बुद्धि हुँइनं, केवल साक्षी हुँ 
तटस्थ साक्षी हुँ
निष्पक्ष साक्षी हुँ

-समानता, सरलता, सन्तोष, क्षमा, सत्यताको ‘साक्षी’ हुँ 
-क्रोध, ईर्ष्या,लोभ, घृणा, मोहको ‘साक्षी’ हुँ 

अहंकाररहित अनुभूति-‘सत्य’ चेतनाको साक्षी हुँ म
क्रोधरहित अनुभूति-‘क्षमा’ चेतनाको साक्षी हुँ म 
ईर्ष्यारहित अनुभूति-‘दया’ चेतनाको साक्षी हुँ म
लोभरहित अनुभूति-‘दान’ चेतनाको साक्षी हुँ म
घृणारहित अनुभूति-‘माया’ चेतनाको साक्षी हुँ म
मोहरहित अनुभूति-‘शून्य’चेतनाको साक्षी हुँ म
वासनारहित अनुभूति-‘स्वभाव’ चेतनाको साक्षी हुँ म

त्यसैले
मभित्रै ‘आत्माज्ञान’ छ
मभित्रै ‘आत्मा’ छ
मभित्रै ‘परमात्मा’ छ
दिव्य चेतना आत्माज्ञानभित्र छ
दिव्य चेतना आत्माभित्र छ
दिव्य चेतना परमात्माभित्र छ

सेवाभावले कर्म गर्ने 
म-
आत्माज्ञानको साक्षी -दिव्य चेतना हुँ 
आत्माको साक्षी -दिव्य चेतना हुँ 
परमात्माको साक्षी-दिव्य चेतना हुँ

चेतनामै सुख छ
चेतनामै सन्तोष छ
चेतनामै प्रसन्नता छ
चेतनामै प्रेम छ
चेतनामै आनन्द छ
चेतनामै शान्ति छ
चेतनामै मुक्ति छ

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू