साहित्यकार परशु प्रधानको दाहसंस्कार पशुपति आर्यघाटमा गरियो

Admin · चैत ६, २०८० ७:२६ PM
Cover Image for News

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । कथा लेखनमा सक्रिय प्रधानको ८० वर्षको उमेरमा सोमबार राति नयाँ बानेश्वरस्थित निवासमा निधन भएको हो ।
उहाँको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा मंगलबार दाहसंस्कार गरिएको छ । २००० सालमा भोजपुरमा जन्मिनु भएका उहाँको पहिलो रचना ‘हाँसेकी ती चन्द्रमा’ थियो, जसलाई उहाँले २०१६ मा प्रकाशित गर्नुभएको थियो ।
उहाँको ‘बक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य’, ‘यौटा क्रान्तिपुरुषको जन्म’ लगायत कथासंग्रह प्रकाशित छन् । उहाँले बाल कथा, निबन्ध र समीक्षामा समेत कलम चलाउनु भएको थियो ।
प्रधान लिखित दर्जन बाल कथासंग्रह प्रकाशित छन्, जसमा ‘नानीको कथा’, ‘सुनको छाती’, ‘विश्व परिकथा’, ‘बोल्ने चरो’ लगायत छन् ।
प्रधान राष्ट्रिय समाचार समिति र साझा प्रकाशनका जागिरे समेत  हुनुहुन्थ्यो । उहाँका दुई छोरा र दुई छोरी छन् ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।