गजल

धर्मेन्द्र तिम्सिना “”क्षितिज”” · मंसिर २८, २०८० २:४४ PM
Cover Image for News

तुक्काको    याद आउँछ अनि उखानको  याद आउँछ 
जिन्दगीले देखेको त्यो  सुनौलो बिहानको याद आउँछ 


खोइ   के गरिन   होला र मैले मेरो इतिहास जोगाउन 
इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ 


झुपडीले  दिएको कुहिएको  फर्सी र गुन्द्रुक  सम्झँदा 
निगुराको झोलसँग साटेको आत्मसम्मानको याद आउँछ 


मेरो   माटो भन्न   नपाउँदा मेरो   देश भन्न नपाउँदा 
संसारले देख्न नचाहेको मेरो  जन्मस्थानको याद आउँछ 


ती हजारौं सपनाहरु साँचेर एक मुठ्ठी माटो झोलामा हाली 
रुँदै  माटोको सम्झनामा भिजाएको सिरानको याद आउँछ 



धर्मेन्द्र तिम्सिना "क्षितिज"

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३