गजल

बालकृष्ण गजुरेल · मंसिर २८, २०८० ६:१६ PM
Cover Image for News

कतै बिना ड्राइभर देश चल्छ कतै बस चल्छ 
म देशमा छु कि बिदेशमा यता अौजश चल्छ 


चल्न त चलेकै  छ समृध्दिका हावा तथा हुरीहरु 
महंगी र भोकमारीमा कसरी समृध्दीको रश चल्छ ? 


अन्त ब्यवस्था परिवर्तन हुँदा अवस्था हुन्छ रे 
यता रिमोटले नै जित्छ रिमोटको टस चल्छ 


बाले कल्पना गरेको र अामाले सोचेको देशमा
खोज्छु सत्य तर कतै भेट्दिन तहश नहश चल्छ 


यो स्माइल पिरोलिँदै हिँड्छ बाटाभरी किन हो ? 
ऐनामा नेपाली पन हेर्यो मात्र वादको बहश चल्छ

ट्यागहरू:
सहित्य गजल literature nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३