गजल

दीर्घ बहादुर शाही"कवि" · मंसिर २८, २०८० ३:२३ PM
Cover Image for News

उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनि
दुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनि

रुडो पड्डै सुकि जादा कर्णालीका गडा
अनिकालले पेट रित्तै छन् भोको छ भाउ पनि

हड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्यो
गन्तव्यमा पुग्नै छोड्या ढगुड्न्या पाउ पनि

एक छाक टाड्न धौधौ पड्डो हामी गाउँल्या कन
रात दिन आउदो कोल्थो समाइ पुरानो साउ पनि

जुवादो जिन्दगी बाइगो पढ्न्या लेख्न्या बेला
हुकुम्मको बास्सा मद्दो कस्ता हुन दाउ पनि

ट्यागहरू:
सहित्य गजल कला literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३