ऐना हो म!

Admin · फागुन १८, २०८० ८:२६ PM
Cover Image for News

ऐना हो म! 
मेरो के दोष….?
हो म! ऐना !!
सफा गरी हेर्यौ भने 
छवि देखाउने मेरो काम।

म बाट देखीएको आफ्नै छविमा 
बिश्वास छैन भने 
मेरो के दोष? 
बरू, 
आफ्नौमा मनचाहे परिवर्तनको प्रयास गर।

जतापटी फर्कीएर हेर्छौ 
उतैको छाया म मा देख्छौ, 
दृष्टि भ्रमित हुन्छौ भने 
मेरो के दोष? 
बरू, पुन हेरी यथार्थको बोध गर।

म पनी कसैबाट निर्मित वस्तु, 
आफुलाई नसुल्झाई 
ममा रीस फेर्छौ भने 
मेरो के दोष? 
बरू, एकै छीन शान्त रही 
आफ्नो कमजोरी महसूस गर।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू