तिमीले छोएको पानी चल्दैन!!

Admin · पौष ११, २०८० १०:५६ PM
Cover Image for News

तिमीले छोएको पानी चल्दैन!!!

तिमीले छोएको पानी चल्दैन

चल्दै चल्दैन यार!

चल्दै चल्दैन।

तिमी अाफैं भन न यार !

अालो छाला सिउंदा सिंउंदैको हातले

थाङ्नाथरा सिलाउंदै गरेका हातले

गोल फलाम र कोहिला खेलाएका हातले 

गोवर सोहोर्दा सोहोर्दैको हातले

छोएको चलाएको पानी

तिमीलाई चल्छ??

सायद चल्दैन।

के सुकुमार मुलायम हातले छोएको चल्छ त??

त्यो पनि चल्दैन।

विज्ञानले भन्छ चल्दैन

ज्ञानले भन्छ चल्दैन

सभ्यतामा पनि चलेन

तिमीले छोएको पानी चल्दैन

मैले छोएको नि पानी चल्दैन।

तिमीले लोटामा सारेर दिएको पानी चल्छ मलाई।

तिम्रा अौंला चोभिएको अमृत चल्दैन

हामी सबैले छोएको पानी चल्दैन

समातेको त चलेकै छ

धर्तीले मान्छे,मान्छेले धर्ती समातेकै छन।

छुनु र समात्नु फरक छ

समातेको चल्छ 

छोएको चल्दैन 

कोरोना जस्तो रुढी अायो भने त

छोएको त परै जावस देखेको समेत चल्दैन।

अाफुले छोएको अाफुलाई मिल्छ,

सकभर अरुलाई चल्दैन

स्वास्थ्यले पनि भन्छ।

छोएको पानी फोहोर हुन्छ 

अशुद्ध हुन्छ।

उमालेर पीऊ

मुर्खहरुले छुनु भनेको समात्नु पनि बुझे।

परिवार भित्र पनि कसैको जुठो चल्छ

सबैलाई सबैको चल्दैन।

पानी त मैले छोको नि चल्दैन

तिम्ले छोको नि चल्दैन।

गाग्रीबाट अाम्खोरामा सारेर लेउ न यार!

खाईन्छ बलकली।

तिमीले छोएको पानी चल्दैन!!!

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
ऐना हो म!
ऐना हो म!
Admin - शुक्रबार १ मार्च २०२४