लघुकथा - नास्तिक

बालकृष्ण गजुरेल · मंसिर २७, २०८० ३:१९ PM
Cover Image for News

छुवाछात, भेदभाव र असमान नेपाली समाजमा नारा असाध्यै बिके । नेपाल श्रम गर्नेहरुको देश थियो । श्रमिकहरुका प्रमुख दर्शनहरु क्रमश: मार्क्सवाद, लेनिनवाद तथा माअोवाद मानिन्थे । राजनीति पार्टीहरु क्रमश: कांग्रेस, एमाले, माले , माअोवादी तथा पूराना राजावादीमा केही फरक थिएन । पश्चिमा बिद्वानहरु यी  सबैलाई लेफ्टिस्ट (समाजवादी)  मान्थे । सबैले उत्पिडन बर्गको नाम राखेर नेपालीलाई बेकुप बनाए ।  अाधाअाधी मार्क्सवाद पढ्यो , समाजवाद जप्यो । धन्दा चलेकै थियो ।

समयको परिवर्तन सँगै शिवराम भौतिक पुर्वाधार मन्त्री बने । विस्वबिद्यालयको उद्घाटनमा नेपाली परम्परा अनुसार पुजाअाजा गर्नै पर्ने थियो । केही पण्डितहरुले बेदको ऋचा सुरु गरे । शिवरामले जुत्ता खोलेर पुजा अाजा अघि बढाए । भलाद्मी बनेको  देखेर उनको निजी सचिवले  भने, "हजुर पक्का कम्युनिष्ट मान्छे कसरी अास्तिक हुनुभयो ? "

एक प्राध्यापकलाई मन्त्रीको बिषय मन परेन ।  उनले सम्झाउदै भने, " महोदय, उहाँ कलंकित नास्तिक   हो । जसको अाफ्नो दर्शन त छैन । अरुको  बैज्ञानिक दर्शनको पनि एक हरफ अनुसरण गर्नु भएको छैन । पुजाको  बिषय अास्तिक र नास्तिक हुँदैन  । पूर्विय इतिहासमा बैदिक संस्कृति मान्ने र नमान्ने बिद्वानहरुमा विभेद रह्यो । मान्ने अास्तिक रहे । नमान्नेहरु क्रमश:  चारवाग- गुरु बृहस्पति , जैन- गुरु महाविर तथा बौध्द - सिध्दार्थ गौतमले स प्रमाण दर्शन पेश गरे  ।"

ट्यागहरू:
सहित्य लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अपाङ्ग कि सपाङ्ग  ?
अपाङ्ग कि सपाङ्ग ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - पीडित को ?
लघुकथा - पीडित को ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - अाधुनिक जार
लघुकथा - अाधुनिक जार
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघु कथा
लघु कथा
नेत्राचार्य कौडिन्य - बुधबार १३ डिसेम्बर २०२३