लघु कथा

नेत्राचार्य कौडिन्य · मंसिर २७, २०८० ३:२१ PM
Cover Image for News

हिजो राती जुनको टहक सकिन लाग्दा पार्किङमा गाडी राखें। सरासर आएर अपार्ट्मेन्टको ढोका खोली आफ्नो मोबाइलको बत्ति बालेर मेरा पुज्य माता-पिता सुत्नुभएको कोठाभित्र छिरें। दुबैजना मस्त निद्रामा हुनुहुन्थ्यो। बिरालाको चालमा सरक्क रुचे जति खाइ; हल्का गनाउँदै गरेको, तितरबितर बनेको बिछ्यौना, मुसाले गुँढ लगाउन सुरु गरिसकेका करिब २५/३० वटा कम्प्युटरका सिपियु नियाल्दै खुइ काढेर जबर्जस्ती निदाउने निर्णय गरि आफ्नो ओछ्यानमा जरा उक्किएर ढलेको मुढोझैँ ढलें। रातभर आवश्यकता र चाहनाका बिचमा घमासान युद्ध चल्नाले मलाई मेरा परेलीका ढोका बन्द गर्न फुर्सदै भएन। कनिकुथी आधा कविता कोरें, आत्मसन्तुष्टिका कारण निदाइएलाकी भनेर; तर मनको ज्वारभाट नरोकिएकाले बुबा काममा हिड्नुभएपछी ज्यान उठाएर एक कप चिया पिएँ। दुई बर्ष अघि सवारी दुर्घटनामा परि सिकिस्त मेरि आमाका पेट भित्रका सबै जसो अंगहरु कृत्रिम भए पनि मलाई हरेक पल मीठो चियामात्र हैन, हरेक परिकारहरु तयार पारिदिनुहुन्छ। शरिरका हाडहरु भाँचिए पनि छोरालाई एक्लै तिरोभारोको भार नपरोस् भनी शिथिल ज्यानलाई सकिनसकी काम गर्नुहुने बुबा सम्झेर पनि मेरो निद्रा भाग्यो। एक झप्को नसुती काममा जाने निर्णय गरें। मलाई चार घण्टा बिताउन दुई दिन लागे जस्तो भयो।
"गाजले गाजले आँखै गाजले" फोनको घण्टि बज्यो।

"हेल्लो, के छ यार?"

उसको ठिकै उत्तर सकिन नपाउँदै रातमा जाग्राम बसेको सम्पुर्ण विवरण सुनाएँ। अनि चल्यो अमेरिकी राष्ट्रपतिको चुनाब लहरको कुरा। गफ सकियोस् अनि नेत्रलाई केही भन्छु भन्ने सोचेर कोहि बस्यो भने उ थाकेर घर पुग्दै फिर्दै चार-पाँच पटक आउला जाला तर आत्मिय मित्र बिकाससङ्गको गफ सकिँदैन। 

"भारतिय मुलको लुजियाना गभर्नर बबि जिन्दालले पनि उम्मेद्बारी दिएको रहेछ"-मैले भनें। 

"बोक्दा सबैले बोक्नुपर्छ, एक दुई जनाले बोकेर के हुन्छ र?"-उनको उत्तरको आसय यस्तो थियो। जनता र अन्य राजनैतिक दलका सबैले बोकेमा मात्र उसको सपना साकार होला नत्र त......... "बोकेको कुकुरले मृग मार्दैन" "तर मृगलाई सबै मिलेर चारै तर्फबाट छेक्यौं भने पक्का पनि त्यसलाई फन्दामा पार्न सकिन्छ। हाम्रो भूटानी समाज पनि यस्तै स्थितीमा गुज्रिएको छ। एकजना फटाहाले मलाई आज उचाल्यो भने-म सफल भनेर चिनिछु, म समाजसेवी बन्छु रातारात, म हाइहाइ हुन्छु सबैको, म एक घमण्ड भुस भरिएको रुइको बोराझैं ह्वात्तै माथी जान्छु। तर मैले भविष्य सोचेको हुन्न, त्यसैले लड्दा म एकै चोटि त्रीसुलीबाट खस्छु। मेरा सपना चकनाचुर हुन्छन्।" यिनै भलाकुसारी गर्दा गर्दै आफ्नो गाडिको पार्किङ ८-१० घण्टाको लागि सार्न पर्ने बेला आएछ। म सरासर गाडिको चाबी लिएर ९० डिग्री घाममा निस्किएँ। एकै छिन, गाडिभित्रको तातो हावा नसकिउन्जेल ध्यानमग्न बनें-साच्चै, मान्छेको जात कस्तो जात-कोहि उचाल्ने, कोहि उचालाईमा सुरिने...
बिना कुनै भविष्य सोच.... बोकेको कुकुरले कति दिन मृग मार्छ??????अचम्म लाग्छ।

ट्यागहरू:
सहित्य लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अपाङ्ग कि सपाङ्ग  ?
अपाङ्ग कि सपाङ्ग ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - पीडित को ?
लघुकथा - पीडित को ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - अाधुनिक जार
लघुकथा - अाधुनिक जार
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - नास्तिक
लघुकथा - नास्तिक
बालकृष्ण गजुरेल - बुधबार १३ डिसेम्बर २०२३