लघुकथा - पीडित को ?

बालकृष्ण गजुरेल · मंसिर २८, २०८० ६:१२ PM
Cover Image for News

"हामी बाल अधिकारको पक्षमा गम्भीर छौँ ।" बालबालिका सम्बन्धि हेर्ने मानव अधिकार वादी बोले । 

 " राज्यबाट जन अधिकार खोसिएको छ । स्वतन्त्रता दिनु पर्छ ।" अर्का मानवअधिकार हेर्ने मानव अधिकार वादी बोले । 

ती दुवै एनजिअो प्रमुख थिए । दुवैले अधिकारका चर्चा गरे । अरबौँ असुले ।  करोडौँका कारमा हिँडे ।  जान्ने पल्टेर राजनीति  सल्लाह दिए । देशमा जनता झनै संकटमा पुगे । महंगीले अाकाश छोयो ।  ती बोलेनन् । खरबौँ कर हिनामिना भयो ती बोलेनन् । दशैँ र तीहार हेरर खाद्य सामाग्रीमा महंगी गरियो  ती बोलेनन् । भूकम्पमा कठाङ्ग्रिएर सयौँ मरे । ती बोलेनन् ।

अति भएपछि गाउँमा प्रश्न उठ्यो । केही मन्त्रीसँगै ती अराजक गाउँ पुगे । उही बिषय दोहोर्याए । गाउँका बृध्दलाई रिस उठ्यो । उनले  भने, " पीडितलाई अधिकार  दिन्छु भन्दै  दलाउँदै केही माथि पुगे । जनता जाँ को त्यहीँ । अाखिर ! पीडित को ? लुट्ने कि लुटाउने ? "

ट्यागहरू:
सहित्य लघुकथा literature nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अपाङ्ग कि सपाङ्ग  ?
अपाङ्ग कि सपाङ्ग ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - अाधुनिक जार
लघुकथा - अाधुनिक जार
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघु कथा
लघु कथा
नेत्राचार्य कौडिन्य - बुधबार १३ डिसेम्बर २०२३
लघुकथा - नास्तिक
लघुकथा - नास्तिक
बालकृष्ण गजुरेल - बुधबार १३ डिसेम्बर २०२३