गजल

Shekhar Koirala · मंसिर २७, २०८० ३:०१ PM
Cover Image for News

मनले किन मन भनेन,मनलाई नै दण्ड हुन्छ 
मनकै कारण मनलाई फेरि अर्कै घमण्ड हुन्छ 

मन मिलेन मनको आशले मनै मारेपछि पनि
मनको यौवन जागेपछि मन फेरि अखण्ड हुन्छ 

मनमा चढाउने भेटी मनले कमाउँछ मन साटेर
मन चम्काउन मद्होस मन सधै प्रचण्ड हुन्छ 

मनसँग मन साट्यो मनले मनलाई मनाएर 
मनका ईच्छा मरेपछि मन मनै कुण्ड हुन्छ 

मन कोशौं भाग्छ मरुभूमिमा मैदान मन बनाएर
मनको ईच्छा मेटेपछि मन आफैं ब्रामण्ड हुन्छ 

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३