गजल

कर्ण गुरुङ · मंसिर २७, २०८० २:५५ PM
Cover Image for News

हे
प्रिये !
तिमीले
कहिल्यै हास्न नमिल्ने सर्त राख्यौ
कहिल्यै नाच्न नपाउने सर्त राख्यौ
मुटु चिर्ने बन्चोरोले
हृद्दय टुक्राउने खुकुरीले
नाताहरु तोडेर
स्वार्थीहरुको बिचमा, तौलेर देखायौ
१०० यौ उपकार
एक छन्मै बिर्सिएर
निष्ठुरी !
एक पलमै हरायौ।
हो प्रिये !
तिमीले
कहिल्यै जिउन नमिल्ने सर्त राख्यौ
न बाचेर अघाडी हिड्ने बाटोनै बनायौ
याहा म लडेको बेला
न हात समाएरनै उठायौ
हेर प्रिये।
तिमीले
दुख्दा रुन नमिल्ने सर्त राख्यौ
छटपटीदा सुत्न नपाउने सर्त राख्यौ
रातमा मुत्न नपाउने सर्त राख्यौ
हो प्रिये
तिमीले
मर्दा पनि सुख नपाउने सर्त राख्यौ
बाच्दा जिउदै मर्ने सर्त राख्यौ
आखिर यो जिन्दगी पनि
पिडा बोक्ने गधा बनायौ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३