गजल

दिलिप घिमिरे · मंसिर २७, २०८० २:५७ PM
Cover Image for News

उस्को नजिक हुन्छु ,तिमी याद आउँछौ 
जब उस्लाई छुन्छु ,तिमी याद आउँछौ 

घरको याद आयो ,भनी उस्लाई ढाँट्दै,
तिम्रै यादमा रुन्छु ,तिमी याद आउँछौ 

अरुको के कुरा र ,स्वयं उहिबाट
तिम्रै बखान सुन्छु,तिमी याद आउँछौ 

बाध्यताले गला घोटदा जिउदो लास भई
वर उस्लाई चुन्छु ,तिमी याद आउँछौ

समयले दियो एउटा मनले रोज्यो अर्को, 
यस्तै कथा बुन्छु तिमी याद आउँछौ।
शिवसताक्षी नगरपालिका,धरमपुर

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३